एसियन गेम्स: नेपालले कबड्डीमा पदक जित्ने पक्कापक्की

सोमबार, असोज १५, २०८०
honor mob  winter sales

काठमाडौं । चीनमा जारी १९औं एसियन गेम्स अन्तर्गत अन्तर्गत अहिलेसम्म ८९९ पदकको छिनोफानो हुँदा आयोजक चीननै अग्रस्थानमा छ।

Honor x7 pad

प्रतियोगितामा अहिलेसम्म एउटा पदक पनि जित्न नसकेको नेपालले कबड्डी खेलबाट पदक जित्ने आशाको सम्भावनालाई बलियो बनाएको छ।

पहिलो पटक एसियायी गेम्समा सहभागिता जनाएको नेपालको महिला कबड्डी टोलीले आज बिहान भएको खेलमा बंगलादेशलाई ३७-२४ पहिलो खेलमा पराजित गरेपछि नेपालको सम्भावना बलियो भएको हो ।

नेपाल रहेको समूह ‘बी’ मा इरान र बंगलादेश पनि छन्। त्यस्तै समूह ’ए’ मा दक्षिण कोरिया, भारत, थाइल्यान्ड र चाइनिज ताइपेई छन्।

एसियन गेम्स अन्तर्गत महिला कबड्डीमा ६ देशको मात्र सहभागिता हुँदा नेपाल ३ टोली रहेको समूहमा पर्दा अब  एक खेल जिते मात्र नेपाल सेमिफाइनलमा पुग्नेछ।

यदि इरानले बंगलादेशलाई पराजित गरेमा नेपाल  समूह 'ए' बाट सेमिफाइनलमा प्रवेश गर्नेछ। नेपाल सेमिफाइनलमा प्रवेश गरेर फाइनलमा पुगे स्वर्ण अथवा  रजत पदक जित्ने छ। यदि सेमिफाइनलमै पराजित भए नेपालले कास्य पदक पक्का जित्ने छ। 

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  १०:२९
प्रतिक्रिया दिनुहोस्