चोरी मुद्दामा पक्राउ पुर्जी जारी भएका प्रतिवादी नेपालगन्जमा खुलेयाम घुम्दै

आइतबार, असोज १४, २०८०
honor mob  winter sales

नेपालगन्ज । जिल्ला अदालत बाँकेले चोरी मुद्दामा फरार रहेका नेपालगन्ज-४ का सहिद हुसेन हलवाई र जाविर हुसेन हलावाईविरुद्द पक्राउ पुर्जी जारी गरेको छ।

Honor x7 pad

गत सालमा मोहम्मद सलाम हलवाईले आफ्नो घरमा चोरी गरेको भन्दै दिएको जाहेरीमा जिल्ला अदालत बाँकेले ती दुई जनालाई प्रतिवादी बनाइ पक्राउ पुर्जी जारी गरेको हो।

जिल्ला अदालत बाँकेले ती दुई जनाविरुद्ध चोरी मुद्दा दायर गर्दै २०८० भदौ २४ गते जारी गरेको ७ दिने पक्राउ पुर्जीको म्याद कटिसकेपछी फेरि  ३५ दिने पक्राउ पुर्जी जारी गरेको छ।

अदालतले पक्राउ पुर्जी जारी गरेको पत्र जिल्ला प्रहरी कार्यालय बाँकेलाई पठाए पनि उनीहरु अझै पक्राउ परेका छैनन् । उनीहरु नेपालगन्जमै रहेपनि  राजनितिक संरक्षणमा पक्राउ नगरेको पीडित पक्षले आरोप लगाएका छन् ।

भदौ २४ गते पक्राउ पुर्जी जारी भएका एक प्रतिवादीले केहीदिन अघि मात्र 'मोहमद डे' मा  बाँकेका प्रमुख जिल्ला अधिकारी र बाँके प्रहरी प्रमुखसँगनै फोटो सेसन गर्दा पनि प्रहरीले चाल नपाउनु नै मिलेमतोको गन्ध आएको पीडितले बताए। अदालतले प्रहरीलाई फरार रहेका प्रतिवादी सहिद र जाविरलाई पक्राउ गरी अदालतमा उपस्थित गराउनु भने पनि प्रहरीले उनीहरुलाई पक्राउ नगर्दा पीडितलाई झनै पिडा थपिएको उनले बताए। उनले उक्त तस्बिर मिनेटखबरलाई समेत पठाएका छन् ।

यता जिल्ला प्रहरी बाँकेले उनीहरुको खोजतलास भइरहेको जनाएको छ। "अदालतले पक्राउ पुर्जी जारी गरेका ती दुई जनालाई प्रहरीले पक्राउ गर्छ",बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले बताए।

पक्राउ पुर्जी जारी भइसकेपछी जोसँग बसेपनि कानुनले नछाड्ने डीएसपी डाँगीले जानकारी दिएका छन् । प्रहरीले उनीहरुको खोजीकार्य जारी राखेको र पक्राउ परे लगत्तै जिल्ला अदालत बाँकेमा बुझाइने बाँके प्रहरीले जानकारी दिएको छ। 

पीडितले सामाजिक सन्जालमा पक्राउ पुर्जी जारी भएका एक प्रतिवादीको तस्बिर नै राखेर हाल्दासम्म   सुरक्षा प्रमुखसँग फोटो सेसन गरेका एक प्रतिवादी निर्धक्क भएर हिडेको ती पीडितले बताए।

 

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १८:०१
प्रतिक्रिया दिनुहोस्