सरकारले निर्देशन दिएपछि निगमले फिर्ता लियो पेट्रोलियम पदार्थको मूल्य वृद्धि

आइतबार, असोज १४, २०८०
honor mob  winter sales

काठमाडौं । पेट्रोलियम पदार्थमा बढाइएको मूल्य फिर्ता भएको छ। मन्त्रिपरिषद्ले पेट्रोलियम पदार्थमा बढाइएको मूल्य फिर्ता लिन नेपाल आयल निगमलाई निर्देशन दिएपछि निगम मूल्य वृद्धि फिर्ता लिएको हो।

Honor x7 pad

मूल्य वृद्धिको चौतर्फी विरोधपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बोलाएको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थमा बढाइएको मूल्य  फिर्ता लिन नेपाल आयल निगमलाई निर्देशन दिएको थियो ।

उपभोक्ताको ढाड सेक्ने गरि मूल्य वृद्धि भएको भन्दै चौतर्फी आलोचना भएको थियो । 

मन्त्रिपरिषद्को आकस्मिक बैठकले सरकारले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन निगमलाई निर्देशन दिएको हो । 

नेपाल आयल निगम हिजो मात्रै पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ , डिजेल र मट्टितेलमा प्रतिलिटर छ रुपैयाँ, खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर रु दुई सय १५ रुपैयाँ बढाएको थियो ।

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १३:५१
प्रतिक्रिया दिनुहोस्