पर्वतमा खोला तर्दा बेपत्ता भएको जीप भेटियो, एकको शव फेला पर्दा दुई अझै बेपत्ता

आइतबार, असोज १४, २०८०
honor mob  winter sales

पर्वत ।पर्वतमा खोला तर्ने क्रममा बेपत्ता भएको जीप फेला परेको छ।  शनिबार साँझ परेको भीषण वर्षाका कारण तमादी खोलामा आएको बाढीले जीप बगाएको हो ।

Honor x7 pad

पर्वतको कुश्मा नगरपालिका-७ र ८ को सिमानामा रहेको तमादी खोलामा आएको बाढीले बगाएको जीप फेला परेको हो ।कुश्मा नगरपालिका-८ को मोदी खोला र तमादी खोलाको दोभानमा हिलोमा पुरिएको अवस्थामा जीप फेला परेको हो ।

जीपसँगै एक जना यात्रु मृत भेटिएका छन् । मृतकको सनाखत भने भइसकेको छैन । जीपमा सवार रहेका अन्य दुई यात्रुको अवस्था भने अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले जानकारी दिए । बेपत्ता यात्रुको खोजी जारी छ । 

बागलुङबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ६२१३ नम्बरको जीप साँझ साढे ६ बजेतिर बाढीले बगाउँदा तीनजनासहित बेपत्ता भएको थियो ।

खोलामा बाढीले ल्याएको ढुङ्गा पन्छाउने क्रममा जीप बगेको हो । सोही क्रममा जीपका चालक वसन्त थापा बाढी पन्छाउन झरेका कारण ज्यान जोगाउन सफल भएका छन् ।

शनिबार साँझ परेको भीषण वर्षाका कारण उक्त खोलामा बाढी गएको थियो ।

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  ०८:२२
प्रतिक्रिया दिनुहोस्