सुर्खेतको उषा वालवाटिकाको होस्टेलमा एक बालक मृत भेटिए, अवस्था तनावग्रस्त

शनिबार, असोज १३, २०८०
honor mob  winter sales

सुर्खेत । सुर्खेतस्थित वीरेन्द्रनगरको उषा बालवाटिका स्कुलको होस्टेलमा एक बालक मृत फेला परेका छन् । स्कुलको होस्टलमा  बस्ने  कक्षा २ मा पढ्ने ८  वर्षीया बालक  सलाम पुलामी मृत फेला परेपछि स्कुल तनावग्रस्त बनेको छ। 

Honor x7 pad

मृतक बालकका आफन्तले होस्टेल बाहिर तोडफोड गरेको जिल्ला प्रहरी सुर्खेतले जनाएको छ।

दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका-२ का   बालक पुलामी शुक्रबार साँझ झुन्डिएको अवस्थामा  मृत फेला परेपछि आफन्तहरुले तोडफोड गर्दै शव उठाउन दिएका छैनन्।

मृतक बालकका आफन्तहरु आक्रोशित बनेर तोडफोड गरेपछि स्थितिलाई नियन्त्रणमा लिन  प्रहरीले अश्रु ग्याँससमेत प्रहार गरेको छ। आफन्त र स्थानीयहरुले होस्टेल आसपास क्षेत्रलाई तनावग्रस्त पारेका छन्  ।

यति सानो बालक झुन्डिएर मृत फेला परेको घटना अति संवेदनशील भएको बताउँदै प्रहरीले स्कुलका  सञ्चालक पक्षलाई नियन्त्रणमा लिएको जनाएको छ।

आफन्तहरुको विरोध सुरु भएपनी प्रहरीले घटना जटिल  भएको भन्दै अनुसन्धान सुरु गरिसकेको जनाएको छ।

मृतक बालकहरुको आन्दोलनले झनै कडा रुप लिएको बताइएको छ। त्यहा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

 

प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  १२:५१
प्रतिक्रिया दिनुहोस्