सय रुपैयाँ बढीको सामानको भन्सार गराउन जमुनाह नाकामा हेल्प डेस्क राखिँदै

शनिबार, असोज १३, २०८०
honor mob  winter sales

नेपालगञ्ज । नेपालगञ्जको जमुनाह नाकामा चेकजाँच लाई सघाउन छुट्टै हेल्प डेस्क राखिने भएको छ।

Honor x7 pad

उद्योग वाणिज्य संघले सीमा नाकामा १०० रुपैयाँ बढीको सामान आयातमा हुने चेकजाँचलाई सघाउन नेपालगञ्जको जमुनाहा नाकामा हेल्प डेस्क (सहायता कक्ष) राख्ने भएको हो ।

प्रशासन, सुरक्षा अधिकारी, उपभोक्ता, उद्योगी, व्यवसायी लगायत सरोकारवाला निकायबीच छलफल कार्यक्रम आयोजना गरेर सीमा नाकाको चेकजाँचलाई सघाउन हेल्प डेस्क स्थापना गर्न लागेको अध्यक्ष टंकबहादुर धामीले जानकारी दिए ।

धामीले भने, ‘सीमा नाकामा १०० रुपैयाँ भन्दा माथिको सामान आयात गर्दा भन्सार शुल्क लाग्ने नेपाल सरकारको नियम कार्यान्वयन गर्न हामीले सहयोग गर्नेछौं । सीमामा उपभोक्तालाई परेको असहज परिस्थितिमा पनि सहजीकरण गर्नेछौं ।’

प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बाँकेको सीमा नाकाको ६६ किलोमिटर क्षेत्रफलमा सशस्त्र प्रहरी बलका ८ वटा वीओपीबाट पनि राम्र्रो सुरक्षा प्रदान भइरहेको भन्दै उद्योग बाणिज्य संघल गर्न लागेको काम सराहनीय भएको बताए ।

प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  ११:५८
प्रतिक्रिया दिनुहोस्