पक्राउ परेका अभिनेता अनमोल केसी अस्पताल भर्ना

शनिबार, असोज १३, २०८०
Honor 600 pro

काठमाडौं । पक्राउ परेका अभिनेता अनमोल केसी अस्पताल भर्ना भएका छन् ।

‘रावायण’ का निर्माताले आर्थिक लेनदेनको  जाहेरीमा  पक्राउ परेका अभिनेता  केसी गए राति नै नर्भिक अस्पतालमा भर्ना भएका हुन् ।

शुक्रबार साँझ भक्तपुरको साँगाबाट पक्राउ परेका केसीको छातीमा समस्या आएपछि राति नै नर्भिक अस्पतालमा भर्ना गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

'रावायण' नामक फिल्म खेल्नका लागि  निर्मातासँग केसीके १० लाख रूपैयाँ लगेको तर फिल्म खेलका लागि सम्झौता गर्न नमानेको भन्दै निर्माता चन्द्रकला कटवाल थापाले उजुरी दिएकी थिइन्।

प्रहरीले अभिनेता केसीलाई आपराधिक विश्वासघात गरेको आरोपमा पक्राउ गरेको हो।

आज सार्वजनिक बिदा परेकाले भोलि केसीलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराउने प्रहरीले जानकारी दिएको छ।

 

 

प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  ०९:५६
प्रतिक्रिया दिनुहोस्