अभिनेता अनमोल केसी साँगाबाट पक्राउ

शुक्रबार, असोज १२, २०८०
Honor 600 pro

काठमाडौं । अभिनेता अनमोल केसीलाई प्रहरीले  पक्राउ गरेका छ । आज उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंले केसीलाई साँगाबाट पक्राउ गरेको जनाएको छ।

अभिनेता केसीविरुद्द रावायण नामक फिल्ममा भएको विवादलाई लिएर निर्माता समूहले आपराधिक विश्वासघातको कसुरमा किटानी जाहेरी दिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

प्रहरीको टोलीले केसीलाई साँगाबाट आज साँझ साढे ५ बजे नियन्त्रणमा लिइएको र थप अनुसन्धानका लागि हिरासतमा लिइएको अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ। 

जाहेरीकर्ताले केसीले रावायण नामक फिल्म खेल्नका लागि १० लाख रुपैयाँ लगेको तर सम्झौता गर्न नमानेको भन्दै उजुरी परेको प्रहरीले बताएको छ। निर्माताले अन्य कलाकारलाई पनि एडभान्स दिएको बताइएको छ। 

यस बारेमा थप अनुसन्धान भइरहेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ। 

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १८:४८
प्रतिक्रिया दिनुहोस्