पश्चिम नवलपरासीमा करेन्ट लागेर जय प्रकाशको मृत्यु

शुक्रबार, असोज १२, २०८०
honor mob  winter sales

पश्चिम नवलपरासी । पश्चिम नवलपरासीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

Honor x7 pad

जिल्लाको रामग्राम नगरपालिका -७  उजैनीका जय प्रकाश यादवले आज बिहान ६ बजे  आफ्नै घर अगाडिको पोलको बत्ती निभाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भइ उपचारका क्रममा मृत्यु भएको नवलपरासीका प्रहरी प्रवक्ता डीएसपी रेशम बोहराले जानकारी दिएका छन् ।

करेन्ट लागेर गम्भीर घाइते अवस्थामा रहेका यादवलाई उपचारका लागी परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा पुर्याएपनी चिकित्सकहरुले उनलाई मृत घोषणा गरेको डीएसपी बोहराले बताए।

प्रहरीले घटना बारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

 

 

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  ११:१८
प्रतिक्रिया दिनुहोस्