एसियायी खेलकुद: ६१० पदकको छिनोफानो हुँदासम्म नेपाल पदकविहीन

शुक्रबार, असोज १२, २०८०
honor mob  winter sales

काठमाडौं । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत बिहीबारसम्म ६१० पदकको छिनोफानो भएको छ।

Honor x7 pad

बिहीबारसम्मको खेल प्रदर्शनका आधारमा चीन ९१ स्वर्ण, ५२ रजत र २६ कास्सहित एक सय ६९ पदक प्राप्त गर्दै शीर्ष स्थानमा रहेको छ।

यस्तै दक्षिण कोरिया २४ स्वर्ण, २३ रजत, ३९ कास्यसहित ८६ पदकका साथ पदक तालिकाको दोस्रो स्थानमा रहेको छ।

जापान १८ स्वर्ण, ३० रजत र ३१ कास्का साथ ७९ पदक प्राप्त गर्दै तेस्रो स्थानमा तथा उज्वेकिस्तान ६ स्वर्ण, १० रजत र १५ कास्सहित ३१ पदकका साथ पदक तालिकाको चौथो स्थानमा रहेको छ।

यसैगरी भारत ६ स्वर्ण, आठ रजत र ११ कास्यसहित २५ पदकका साथ पाँचौँ स्थानमा छ।

थाइल्याण्ड ६ स्वर्ण, तीन रजत र नौ कास्सहित १८ पदकका साथ का साथ छैटौँ स्थानमा उक्लिएको छ। यस्तै हङकङ चाइना पाँच स्वर्ण, १२ रजत र १५ कास्य सहित कुल ३२ पदक प्राप्त गर्दै सातौँ स्थानमा रहेको छ।

चाइनिज ताइपेई चार स्वर्ण, चार रजत र ६ कास्यसहित १४ पदकका साथ आठौँ, इरान तीन स्वर्ण, नौ रजत र १० कास्सहित २२ पदक प्राप्त गर्दै नवौँ तथा दक्षिण कोरिया तीन स्वर्ण, पाँच रजत र चार कास्सहित कुल १२ पदक प्राप्त गर्दै पदक तालिकाको १०औँ स्थानमा रहेका छन्।

एसियाली खेलकुदमा कुल सहभागी ४५ मुलुकमध्ये हालसम्म ३३ मुलुकले पदक प्राप्त गरेका छन् । नेपाल भने हालसम्म पदकबिहन अवस्थामा छ।

नेपालले हालसम्म खेलेका कुनै पनि खेलमा राम्रो प्रदर्शन गर्न सकेको छैन । सबैभन्दा आश गरेको जुडो, तेक्वान्दो, बक्सिङलगायत खेलमा नेपाल पदकवहीन रहँदै प्तियोगिताबाट बाहिरिएको छ। नेपालले अब इ(स्पोर्टस्, ब्याडमिन्टन, पुरुष क्रिकेटलगायत खेलबाट पदकको आश गरेको छ। रासस।

 

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १०:४६
प्रतिक्रिया दिनुहोस्