प्रहरीले नियन्त्रणमा लियो जलाउने तयारीमा रहेको महिलाको शव

बिहीबार, असोज ११, २०८०
honor mob  winter sales

सर्लाही । नेपाल प्रहरीको टोलीले जलाउन तयारी अवस्थामा रहेको एक महिलाको शवलाई नियन्त्रणमा लिदै तीन जनालाई पक्राउ गरेको छ।

Honor x7 pad

सर्लाहीको रामनगर गाउँपालिका-१ की २२ वर्षीय मनिषा शाहको शवलाई शंकास्पद देखेपछि प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीलाई विवाहित मनिषा मृत्युको घटना शंकास्पद भएको विशेष सूचनाका आधारमा प्रहरीले बुधबार साँझ घाटमै पुगेर शवलाई  नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।

आत्महत्या गरेको भन्दै उनका परिवारले कुनै पनि कानुनी प्रक्रिया पुरा नगरी शव जलाउन लगेपछि प्रहरीले शवलाई नियन्त्रणमा लिएको सर्लाही प्रहरीले जनाएको छ। तर  माइतीपक्षले भने मनिषाको हत्या भएको दावी गर्दै अनुसन्धान गर्न माग गरेको छ।

प्रहरीले मनिषाको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पतालमा मलंगवा लगेर अनुसन्धानका लागि उनका मनिषाका पति सुनिल शाह, ससुरा रामेश्वर शाह र देवर रामबहादुरलाई पक्राउ गरेको जनाएको छ। घटनाका बारेमा प्रहरीले उनीहरुसँग थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १३:०६
प्रतिक्रिया दिनुहोस्