गरुडाको फर्निचर पसलमा आगलागी, ३ करोड बढीको क्षति

बिहीबार, असोज ११, २०८०
honor mob  winter sales

रौतहट । फर्निचर पसलमा आगलागी हुँदा करोडौँको क्षति भएको छ। रौतहटको गरुडा नगरपालिका-४ गरुडा बजारस्थित अंशु ट्रेडर्समा आगलागी हुँदा फर्निचरका सामग्रीका साथमा इलेकट्रोनिक सामग्रीहरू जलेर नष्ट भएका छन्। 

Honor x7 pad

आगलागीबाट साढे ३ करोड बढीको क्षति भएको पसलका सञ्चालक राम जनम साहले बताएका छन्।  

आज बिहान २ बजेतिर आगो लागेको थाहा पाएपछि आगलागी नियन्त्रण गर्न  तत्काल नेपाल प्रहरीका जवान परिचालन गरिएको इलाका प्रहरी कार्यालय गरुडाले जानकारी दिएको छ । 

२ ओटा दमकलको सहयोगले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीयवासीले करिब तीन घण्टामा आगो नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ।

विद्युत् सर्ट भएर आगो लागेको हुन सक्ने प्रारम्भिक अनुमान रहेको प्रहरीले जानकारी दिएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

 

 

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १२:४७
प्रतिक्रिया दिनुहोस्