स्काभेटरको ठक्करबाट १४ वर्षीय बालकको मृत्यु

मंगलबार, असार २६, २०८०
honor mob  winter sales

बाग्लुङ । बागलुङमा स्काभेटरको ठक्करबाट १४ वर्षीय बालकको मृत्यु भएको छ।

Honor x7 pad

 जिल्ला प्रहरी कार्यालय बाग्लुङका अनुसार  बडिगाड गाउँपालिका–७ भत्रेनीबाट सोइरेनीसम्मको कच्ची सडक खन्ने क्रममा स्काभेटरले ठक्कर दिदा स्थानीय भानबहादुर घर्तीको  १४  वर्षीय छोरा सुनिल घर्तीको सोमबार साँझ  मृत्यु भएको हो।

ठक्कर दिने स्काभेटर र  चालकलाई प्रहरीले नियन्त्रणमा  लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको  छ ।

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १०:३१
प्रतिक्रिया दिनुहोस्