सुरक्षा माग्दै नेपालगन्जका सडकमा चिकित्सकहरु..

बिहीबार, असोज ११, २०८०
honor mob  winter sales

नेपालगन्ज । देशभरका विभिन्न स्थानमा चिकित्सकमाथि श्रृंखलाबद्धरुपमा आक्रमण हुन थालेपछि चिकित्सकहरु आन्दोलनमा उत्रिदै आएका छन्। त्यस्को विरोधमा आज  बाँकेका चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् ।

Honor x7 pad

उनीहरु आज काम छाडेर सडकमा उत्रिएका छन्। नेपाल चिकित्सक संघ भेरीको नेतृत्वमा बाँकेका सरकारी तथा निजी अस्पतालका चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् ।

चिकित्सकहरु आजदेखि आकस्मिक सेवा बाहेक अन्य सबै सेवा बन्द गरेर सुरक्षा देउ भन्दै आन्दोलनमा उत्रिएका हुन् । चिकित्सकहरुले आजदेखि निजी क्लिनिकमा समेत नबस्ने बताएका छन् ।

चिकित्सकमाथि सुनियोजितरुपमा गरिएका सांघातिक आक्रमणले ढुक्क भएर बिरामीको सेवा गर्ने अवस्था नरहेपछि आन्दोलनमा उत्रनु परेको संघका अध्यक्ष डा.बिनोद कुमार थापाले बताए । सरकारले दोषीमाथि कारवाही गर्नुपर्ने र यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता नआएसम्म आन्दोलन जारी रहने पनि उनको भनाई छ । 

चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि श्रृंखलाबद्धरुपमा भइरहेको आक्रमणले सेवा दिन नसकिने अवस्था सिर्जना भएको निष्कर्ष निकालेर आन्दोलनमा उत्रेको संघका पूर्व अध्यक्ष डा.विनोद कर्णले बताए ।

‘हाम्रो आन्दोलनका कारण कुनै पनि बिरामीहरु उपचार सेवाबाट बञ्चित हुन नपरोस् भन्ने नै थियो,ु भेरी अस्पतालका कन्सल्टेन्ट न्यूरो सर्जन डा। अञ्जन कार्कीले भने–‘तर उपचार गर्दागर्दै पनि जसरी हामीमाथि निरन्तर आक्रमण हुन थाल्यो, यसले गम्भीर परिस्थिति सिर्जना गरेको छ । यो हाम्रो रहर नभएर बाध्यता हो ।’

पोखरा, हेटौंडा, गुल्मी, मोरङ लगायतका जिल्लामा श्रृंखलाबद्धरुपमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण भएको चिकित्सकहरुको भनाई छ । पछिल्लो पटक मणिपाल अस्पताल पोखरामा सहकर्मी कुटिएपछि चिकित्सकहरु सुरक्षाको माग गर्दै आन्दोलनमा छन् ।

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १२:११
प्रतिक्रिया दिनुहोस्