आज इन्द्र जात्रा मनाइँदै, काठमाडौं उपत्यकाभर सार्वजनिक बिदा

बिहीबार, असोज ११, २०८०
honor mob  winter sales

काठमाडौं ।  आज काठमाडौं उपत्यकाभर इन्द्र जात्रा पर्व मनाइँदै छ ।  सरकारले आज इन्द्र जात्रामा काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ ।

Honor x7 pad

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने इन्द्र जात्रा पर्व काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, दोलखालगायतका जिल्लामा आठ दिनसम्म मनाइन्छ।

भाद्र शुक्ल द्वादशीका दिन काठमाडौंको बसन्तपुरस्थित हनुमान ढोका अडाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याएपछि जात्रा सुरु हुन्छ । 

जात्रा अवधिभर विभिन्न प्रकारका विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरिन्छ । बुधबार कुमारीको पूजा गरिएको थियो । इन्द्र जात्राको अन्तिम दिन असोज १५ गते राति ८ बजेर ३७ मिनेटको साइतमा लिङ्गो ढालेपछि जात्रा समाप्त हुन्छ ।

जात्राको मुख्य दिन आज राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा गणेश, भैरव र कुमारीको रथयात्रा नजर गर्ने परम्परा छ । 

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  ०८:२९
प्रतिक्रिया दिनुहोस्