पोखरामा डाक्टर कुटेर आएँ भन्ने इन्स्पेक्टर निलम्बित

बुधबार, असोज १०, २०८०
honor mob  winter sales

पोखरा । पोखरास्थित मणिपाल अस्पतालका डाक्टरमाथि कुटपिट गरेको भनेर सामाजिक सञ्जालमा खुलेआम अभिव्यक्ती दिएका एक  प्रहरी निरीक्षक ( इन्स्पेक्टर ) निलम्बनमा परेका छन्।

Honor x7 pad

जिल्ला प्रहरी कास्कीमा  कार्यरत इन्स्पेक्टर मदन श्रेष्ठ निलम्बनमा परेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ।

इन्स्पेक्टर श्रेष्ठलाई अनुसन्धानका लागि निलम्बन गरिएको नक्सालले जानकारी दिएको हो । उक्त प्रकरणमै सुरक्षा नेतृत्व लिएका वडा प्रहरी कार्यालय बैदाम प्रमुख डीएसपी वेद जोशीलाई पनि जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।।

इन्स्पेक्टर श्रेष्ठले ‘डाक्टरलाई साफ चुटेर आएँ’ भन्दै आक्रोशित भीडमा अभिव्यक्ति दिएका थिए। श्रेष्ठको उक्त अभिव्यक्तिपछि चौतर्फी आलोचना भएको थियो भने चिकित्सकहरुले कारबाही माग गरेका थिए ।

सोही दिन पोखराको मणिपाल अस्पतालमा उपचाररत एक महिलाको मृत्यु भएको थियो। त्यसपश्चात अस्पतालमा मृतकको परिवार र चिकित्सकबीच विवाद भएको थियो। सोही घटनाको विवादमा इन्स्पेक्टरले विवादास्पद अभिव्यक्ति दिएपछि सामाजिक सञ्जालमा भाइरल भएका थिए।

त्यस पश्चात् उनालाई प्रधान कार्यालय अनुसन्धानका लागी निलम्बन गरेको हो।

 

 

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १६:५१
प्रतिक्रिया दिनुहोस्