Dashain Banner
Dashain Banner

एसियायी खेलकुद: नेपालद्वारा मंगोलिया २७३ रनले पराजित,बनायो अर्को कीर्तिमान

बुधबार, असोज १०, २०८०

काठमाडौं । एसियन गेम्स अन्तर्गतको  टी–२०  क्रिकेटमा नेपालले मंगोलियालाई २७३ रनले पराजित गरेको छ। नेपालले टी-२० मा सबैभन्दा बढी  रन अन्तरले विजयी बन्दै अर्को विश्व कीर्तिमानी कायम गरेको हो।

आज बिहान टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले दिएको ३१५ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रेको मंगोलिया ४१ रनमै अलआउट भएको हो।

मंगोलियले ओभर खेल्दै सबै विकेट गुमाएर ४१ रन बनाएको हो। मंगोलियाका लागी सर्वाधिक दाभासुरेन जमैनसुरेनले १० रन बनाए। अन्य खेलाडीहरुले दोहोरो अंक जोड्न सकेनन् ।

नेपालका लागि करण केसी, अबिनाश बोहरा र सन्दीप लामिछानेले समान २-२ विकेट लिए भने सोमपाल कामी, कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरी १-१ विकेट लिएका थिए।

सुरुवाती ब्याटिङ गरेको नेपालका लागी अलराउन्डर कुशल मल्ले उत्कृष्ट प्रदर्शन गर्दै ५० बलमा १३७ रन बनाए भने दीपेन्द्र सिंह ऐरीले १० बलमा ५२ रन बनाएका थिए। त्यस्तै कप्तान रोहित पौडेलले २७ बल खेल्दै ६१ रन बनाए।

नेपालका मल्लले ३४ बलमा शतक प्रहार गर्दै विश्व क्रीतिमान समेत बनाएका छन् ।

नेपालले टी-२० कै इतिहासमा सर्वाधिक रन बनाएको छ।  यसअघि अफगानिस्तानले आयरल्याण्ड र चेक रिपब्लिकले टर्कीविरुद्द बनाएको २५७ रनको रेकर्ड भत्काउदै नेपालले नयाँ रेकर्ड बनाएको हो।

आजको खेलमा नेपालले २६ छक्का र १४ चौका प्रहार गरेको हो। अब नेपालले दोस्रो खेल माल्दिभ्ससँग खेल्ने छ।

 

 

 

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १०:१३
प्रतिक्रिया दिनुहोस्