ताल्चा विमानस्थलबाट माओवादी नेता आउँदा अलपत्र परेका १६ डाक्टरलाई लिन अर्को जहाज पठाइयो

मंगलबार, असोज ९, २०८०
honor mob  winter sales

काठमाडौं । मुगुको ताल्चा विमानस्थलबाट समिट एयरमा  आज बिहान नेपालगन्ज आउने तयारी गरेका चिकित्सकहरुलाई अलपत्र पारेर माओवादी नेताहरुलाई मात्रै उडाएको घटनापछि पर्यटनमन्त्रीले  अर्को जहाज ताल्चा विमानस्थल पठाएका छन् ।

Honor x7 pad

पर्यटनमन्त्री सुदन किराँतीले अलपत्र परिएका चिकित्सकहरुलाई लिन नेपाल वायु सेवा निगमको जहाजलाई ताल्चा विमानस्थल पठाएका हुन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको गोष्ठी सकेर मुगुको ताल्चा विमानस्थलबाट १६ जना चिकित्सकहरु नेपालगञ्ज फर्किने क्रममा माओवादी उच्च तहका नेताहरुले उनीहरुको टिकट खोसेर अलपत्र पारेका थिए।

माओवादी केन्द्रका उपमहासचिव मात्रिका यादव, कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रदेश अध्यक्ष विमला केसी, धर्मराज शाह र प्रकाशबहादुर शाहीका लागि सिट मिलाउनुपर्ने भएकाले सबैलाई लान नसकिने भन्दै समिट एयरका स्टेसन म्यानेजर महेन्द्र भामले पाँच जना चिकित्सकहरुको टिकट खोसेका थिए।

पाँच जनाको टिकट खोसिएपछि चिकित्सकको टोली बिरोध जनाएर विमानस्थलमै बसेको थियो।

यसरी चिकित्सकहरु विमानस्थलमा अलपत्र पारिएको खबर पाएलगत्तै मन्त्री किराँतीले उनीहरुलाई लिन नेपाल वायुसेवा निगमको जहाज पठाएका हुन्। उक्त चिकित्सकको टोलीमा आजै शल्यक्रिया गर्नुपर्ने भएकाले जहाज तुरुन्त पठाइएको बताइएको छ।

 

 

 

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  ११:३७
प्रतिक्रिया दिनुहोस्