सुर्खेत जाँदै गरेको बस दाङको शिवखोलामा दुर्घटना, १५ जना घाइते

मंगलबार, असोज ९, २०८०
honor mob  winter sales

दाङ । सुर्खेत जाँदै गरेको यात्रुबाहक बस दाङमा दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । 

Honor x7 pad

काठमाडौंबाट ४०-४५ यात्रु लिएर सुर्खेतका छुटेको कर्णाली प्रदेश–०२–००१ ख– ०३६२ नम्बरको यात्रुबाहक बस दाङको

पूर्वपश्चिम राजमार्गको लमही–९ स्थित अमिलिया नजिक रहेको शिवखोलामा आज बिहान दुर्घटना हुँदा १५ जना घाइते भएको दाङ प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार  घाइते भएका मध्येमा २ जनाको अवस्था गम्भीर रहेको छ।

उक्त बस सडकमा रहेको कल्भर्टमा ठोक्किएर १५ मिटर तल खसेको प्रहरीले जनाएको छ भने  घाइतेहरूलाई उपचारका लागि नेपालगञ्ज पठाइएको  प्रहरीले बताएको छ।

 

 

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १०:००
प्रतिक्रिया दिनुहोस्