मणिपाल अस्पतालका चिकित्सकमाथि हातपात

सोमबार, असोज ८, २०८०
honor mob  winter sales

पोखरा । हेटौंडामा चिकित्सकमाथि कुटपिट भएको घटना सेलाउन नपाउदै फेरि चिकित्सकलाई हातपात भएको छ।

Honor x7 pad

आज पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा चिकित्सकमाथि हातपात भएको हो।

अस्पतालमा उपचाररत बिरामीको मृत्यु भएपछि त्यहाका चिकित्सकमाथि हातपात भएको हो। लमजुङ सुन्दरबजार नगरपालिका–७ का २७ बर्षीय बिरामी सुकमाया दुराको आज दिउँसो मृत्यु भएपछि उनका आफन्तले चिकित्सकमाथि हातपात गरेको जिल्ला प्रहरी कास्कीले जनाएको छ।

आइसियुमा  भर्ना भएर उपचार गराइरहेकी सुकमायाको मृत्यु भएपछि उनका आफन्तले अस्पतालमा तोडफोड  गर्दै चिकित्सकमाथि हातपात गरेका हुन् ।

अहिले मणिपाल अस्पतालमा तनाव सृजना भएको छ। ठुलो संख्यामा प्रहरी परिचालन गरिएको कास्की प्रहरीले जानकारी दिएको छ।

 

 

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १८:०६
प्रतिक्रिया दिनुहोस्