साफ यू-१९ फुटबलमा माल्दिभ्सलाई ४-१ ले हराउँदै नेपाल सेमिफाइनलमा
काठमाडौं । साफ यू–१९ च्याम्पियनसिपमा माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।
दशरथ रंगशालामा आज दिउँसो भएको खेलमा नेपालले माल्दिभ्सलाई ४-१ गोलले हराउँदै सेमिफाइनलमा पुगेको हो। अब नेपालले सेमिफाइनलमा भारत वा भुटानसँग खेल्नेछ।
नेपालका लागि प्रशान्त लक्समले १६ औं मिनेट, समीर तामाङले २९ र ९२ औं मिनेटमा र निराजन धामीले ८८ औं मिनेटमा गोल गरेका हुन् भने माल्दिभ्सले नेपालविरुद्द ५७ औं मिनेटमा गोल गरेको थियो।
उक्त खेलमा नेपाल र माल्दिभ्सका एक-एक जना खेलाडीले रातो कार्ड पाएका थिए।
प्रकाशित मिति: सोमबार, असोज ८, २०८० १५:५५
प्रतिक्रिया दिनुहोस्