रोल्पाबाट तुलसीपुर जाँदै गरेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

सोमबार, असोज ८, २०८०
honor mob  winter sales

तुलसीपुर । रोल्पाबाट दाङ जाँदै गरेको तरकारी बोकेको जिप सल्यानमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

Honor x7 pad

आज बिहान सवा ६ बजे दाङ जाँदै गरेको रा १ च १०२५ नम्बरको जिप कपुरकोट गाउँपालिका- ३ चोरखोला नजिकै दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी सल्यानले जानकारी दिएको छ।

प्रहरीका अनुसार दुर्घटनामा तुलसीपुरका ३५ वर्षीय नारायण योगी घाइते भएका छन् भने दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।

 

 

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  ०८:४१
प्रतिक्रिया दिनुहोस्