राहत शिक्षकहरु प्रदर्शनमा, बानेश्वरमा नारावाजी

आइतबार, असोज ७, २०८०
honor mob  winter sales

काठमाडौँ। आज पनि राहत शिक्षकहरु सडकमै उत्रिएका छन् ।

Honor x7 pad

नेपाल राहत शिक्षक केन्द्रीय समितिले २०८०भदौ २७ गते संसद् सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक (विद्यालय शिक्षा ऐन २०८०) नेपालको सार्वजनिक शिक्षालाई थप धराशायी बनाउने र आम शिक्षक तथा विद्यालय कर्मचारीहरूको पेसागत हकहित विपरीत रहेको भन्दै विद्यालय बन्द गरी बृहत् प्रदर्शन गरेका छन्।

नेपाल राहत शिक्षक केन्द्रीय समिति अध्यक्ष खेमराज अधिकारी को नेतृत्वमा ,राहत शिक्षक समिति महासचिव कुमार बजगाईँ,बाल विकास शिक्षक समिति अध्यक्ष कृष्ण कुमारी थापा , पेन्सन वञ्चित शिक्षक समितिका अध्यक्ष अमृत कार्की , महासचिव टीका बहादुर खड्का लगायतले विरोध प्रदर्शन गरेका छन्।

राहत शिक्षकलाई स्थायित्व गर्नुपर्ने , पेन्सन वञ्चित शिक्षकहरू लाई शिक्षा ऐन २०८२ बमोजिम पेन्सनको व्यवस्था गर्नुपर्ने , इसिडि शिक्षक स्थायी गर्नुपर्ने सम्पूर्ण शिक्षकर शिक्षिका लाई पेन्सनको व्यवस्था गर्नुपर्ने लगाएताका मागहरू राखी विरोध प्रदर्शन गरेका छन्।

माइतीघर देखि वानेश्वरसम्म र्‍याली सहित विरोध प्रदर्शन गरिरहेका छन्।

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  १६:१९
प्रतिक्रिया दिनुहोस्