Dashain Banner
Dashain Banner

सन्दीप लामिछानेविरुद्दको सुनुवाइ स्थगित

आइतबार, असोज ७, २०८०

काठमाडौं । नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछाने विरुद्धको नाबालिग बलात्कार मुद्दाको  आज हुने भनिएको सुनुवाइ स्थगित भएको छ।

न्यायाधीशहरुको सरुवाको कारण आजको सुनुवाइ स्थगित भएको हो। सरुवा भएर जाने न्यायाधीशले मुद्दा नहेर्ने र आउनुपर्ने आइनसकेका कारण सीमित न्यायाधीशले मुद्दा हेर्न नभ्याएका हुन् ।

नाबालिग बलात्कार अभियोग लागेका लामिछाने  विरुद्धको मुद्दाको अन्तिम सुनुवाइ गर्न आजका लागि पेसी तोकिएको थियो ।

लेग स्पिनर  लामिछानेमाथि गत वर्षको भदौ २१ गते नाबालिग करणीको मुद्दा दर्ता भएको थियो। भदौ २३ गते नै काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । 

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  ११:५८
प्रतिक्रिया दिनुहोस्