तालमा डुबेर बैंकका कर्मचारीको मृत्यु

आइतबार, असोज ७, २०८०
honor mob  winter sales

चितवन । चितवनको माडी नगरपालिकामा रहेको बैकुण्ठे तालमा नुहाउने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ।

Honor x7 pad

मृत्यु हुनेमा भरतपुर महानगरपालिकास्थित नेपाल एसबिआई बैंकमा कार्यरत ३५ वर्षीय विजय तिमिल्सिना रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार शनिबार दिउँसो साथीहरूसँग घुम्न गएका तिमिल्सिना नुहाउने क्रममा डुबेका थिए।

दिउँसो नुहाउने क्रममा बेपत्ता भएका उनको शव साँझ भेटिएको थियो। रासस।

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  ०९:४७
प्रतिक्रिया दिनुहोस्