मुगु सदरमुकाममा भीषण आगलागी

शनिबार, असोज ६, २०८०
honor mob  winter sales

मुगु। मुगु बजारमा भीषण आगलागी भएको छ।
गए राति १२ बजेदेखि मुगु सदरमुकाम गमगढी बजारस्थित कालिका मालिका मन्दिरदेखि उत्तरतिर रहेको बजारमा आगलागी हुँदा ८ घरमा क्षति भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।
 
नेपाली सेना ,नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नगर प्रहरी र स्थानीयवासीले आगलागी नियन्त्रणमा लिएको उनले बताए । उनका अनुसार गए राति काठले बनेको एक घरबाट आगो सल्किएको थियो ।

Honor x7 pad

आगलागीबाट तार्के लामा, सोनाम लामा, जङ ऐडी, सान्तोना खत्री, पञ्च सेजुवाल, पिआर मल्ल , प्रदीप रावल र पुतली शाहीको घर जलेर खरानी भएका प्रनाउ थापाले जानकारी दिए । 

आगो नियन्त्रणका लागि गमगढी बजारमा वितरण गरेको खानेपानी पाइप लाइनबाट सुरक्षाकर्मीहरूले आगो नियन्त्रण गरेका थिए ।

विसं २०७८ कात्तिक २९ गते गमगढी बजारको तल्लो बजारमा पनि आगलागी हुँदा १९ घर जलेर खरानी भएका थिए । 

प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  ०८:२९
प्रतिक्रिया दिनुहोस्