लुम्बिनीको स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन बेलायत सरकार सहयोग गर्न तयार छ: राजदुत फेन

शुक्रबार, असोज ५, २०८०
honor mob  winter sales

दाङ । नेपालका लागि बेलायती राजदुत रोब फेन र लुम्बिनी सरकारका स्वास्थ्यमन्त्री राजु खानालबीच आज मन्त्रालयमै भेटवार्ता भएको छ।

Honor x7 pad

भेटवार्तामा राजदुत फेनले लुम्बिन सरकारको स्वास्थ्य सेवा लगायतका बारेमा जानकारी लिदै बेलायत सरकारलेले  नेपालको पुर्वाधार विकासका लागि सहयोग रहदै आएको बताउँदै प्रदेश र स्थानीय सरकारलाई पनि बेलायत सरकारले सहयोग गर्न तयार रहेको बताए।

भेटवार्ताका क्रममा राजदुत फेनले नेपालमा बेलायतले गरिरहेको सहयोगसँगै लुम्बिनीको स्वास्थ्य सेवा अवस्थाको बारेमा समेत छलफल भएको छ । भेटका क्रममा विशेषगरी प्रदेशको पोषण र स्वास्थ्य शिक्षाका बारेमा छलफल भएको छ ।

साथै राजदुत फेनले लुम्बिनीको स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन आबश्यक सहयोग गर्न बेलायत सरकार तयार रहेको बताएका  छन् । 

राजदुत फेनसँगको छलफलमा प्रदेशभर सुरक्षित मातृत्व,नवजात शिशु स्वास्थ्य, पोषणको अवस्था लगायतको सुधारका लागि काम गरिरहे पनि अपेक्षित सुधार हुन नसकेको मन्त्री खनालले जानकारी गराएका थिए। 

साथै मन्त्री खनालले परिवार नियोजनका साधनको प्रयोग दर, नसर्ने रोग र मानसिक स्वास्थ्य पनि प्रदेशमा स्वास्थ्य समस्याको रुपमा रहेको  बताए ।

लुम्बिनीका प्रादेशिक अस्पतालको पूर्वाधार विकास र उपचारमा आवश्यक पर्ने उपकरण सहयोगका बारेमा राजदुत फेनलाई मन्त्री खनालले जानकारी गराएका थिए।  

भेटघाट तथा छलफल कार्यक्रममा लुम्बिनीका स्वास्थ्य सचिव डा. जनार्दन पन्थी, स्वास्थ्य निर्देशक डा. बिनोद गिरी र स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. पुष्पराज पौडेलले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा गरिरहेको काम र भएका प्रगतिको बारेमा जानकारी गराएका थिए।

 

 

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १५:४४
प्रतिक्रिया दिनुहोस्