तनावग्रस्त बनेको बाँकेको बालसुधार गृह सुरक्षाफौजको नियन्त्रणमा, फरार २५ कैदीबन्दी नियन्त्रणमा

शुक्रबार, असोज ५, २०८०
honor २२ sept

नेपालगन्ज । बाँकेको बालसुधार गृहबाट झडपकै क्रममा फरार भएका २५ जना बाल कैदीबन्दीलाई सुरक्षाफौजले नियन्त्रणमा लिएको छ। 

X7D

आज मध्यान्ह सम्म तनावग्रस्त बनेको बाँकेको डुडुवास्थित जयेन्दु बालसुधार गृहको माहोल शान्त बनेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको अथक प्रयास पछि त्यहाको अवस्था शान्त भएको जिल्ला प्रहरी बाँके प्रहरीले जानकारी दिएको छ।

गए राति देखीनै माहोल शान्त पार्ने धेरै प्रयास असफल भएपनि आज मध्याह्नमा मात्रै तनावग्रस्त बालसुधार गृहलाई सुरक्षाफौजले आफ्नो नियन्त्रणमा लिन सफल बनेको हो।

लागूऔषध सेवन गर्ने र नगर्ने कैदीबन्दीबीच झडप हुँदा एक जनाको मृत्युसँगै १० जना घाइते भएका हुन् । घाइतेहरु मध्ये १ जनाको अवस्था गम्भीर रहेको बाँके प्रहरीले जनाएको छ भने उनीहरुको नेपालगन्ज मेडिकल नेपालगन्जमा उपचार भइरहेको छ।

प्रहरी श्रोतका अनुसार  लागूऔषध सेवन गर्ने  कैदीबन्दीले नगर्नेलाई हेप्ने ,पिट्ने क्रममा प्रतिकारमा उत्रेका दुई समुहबीचको सामान्य झगडा ठुलो  झडपमा परिणत भएको हो।

झडपका क्रममामा अपहरण तथा बलात्कार मुद्दामा बालसुधार गृहमा रहेका रुपन्देहीस्थित कन्चन गाउँपालिकाका सजाय सुलभ केसीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

बालसुधार गृहबाट फरार भएका सबैलाई नियन्त्रणमा लिएको बताएपनि अझै फरार रहेको हुन सक्ने बताइएको छ।

प्रहरीले अहिले सबै कैदीबन्दीहरुलाई बाहिर निकालेर गणना सुरु गरिरहेको बाँके प्रहरीले जनाएको छ। गणना सकिएपछि मात्रै एकिन थाहा हुने प्रहरीले जनाएको छ 

 

 

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १५:०६
प्रतिक्रिया दिनुहोस्