मुगुमा इन्जिनियर कुट्ने आफ्ना नेता बचाउन एमालेको प्रदर्शन

सोमबार, असार २५, २०८०
honor mob  winter sales

मुगु। मुगुमा इन्जिनियर  कुटेर पक्राउ परेका आफ्ना नेताको बचाउमा एमालेले विरोध प्रदर्शन गरेको छ । 

Honor x7 pad

पूर्वाधार विकास कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख इन्जिनियर दत्त बुढ्थापामाथि कुटपिट गरेको आरोपमा पूर्वप्रदेशसभा सदस्य दानसिंह परियारसहित पक्राउ परेको विषयमा एमालेले आज प्रदर्शन गरेको हो।

बुढ्थापामाथि कुटपिट गरेको आरोपमा पूर्वप्रदेश सांसद परियार र छायाँनाथरारा नगरपालिका वडा नं ६ का वडाध्यक्ष खेमबहादुर रावलविरुद्ध अभद्र व्यवहारसम्बन्धी आइतबार जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता भएको छ ।

शनिबार नै दुवै जनालाई प्रहरीले पक्राउ गरेर कारबाही प्रक्रियाअघि बढाएपछि सोमबार रिहाइको माग राखेर नेकपा एमाले मुगुका नगर ईन्चार्ज डम्बरबहादुर रावलको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय मुगुमा विरोध प्रदर्शन गरेका छन् ।

शनिबार पूर्वाधार विकास कार्यालय प्रमुख इन्जिनियर दत्त बुढ्थापालाई सडक योजना सम्झौताअनुसार सबै रकम भुक्तानी नगरेको आरोप लगाएर कार्यालय हाताभित्रै पूर्वसांसद परियार र वडाध्यक्ष रावलले हातपात गरेका थिए । 

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १५:४०
प्रतिक्रिया दिनुहोस्