प्रहरीले बाल कैदीबन्दीलाई सम्झाउने प्रयास गर्दै, आफ्ना माग पूरा गर्नुपर्ने कैदीबन्दीको माग

शुक्रबार, असोज ५, २०८०
honor mob  winter sales

नेपालगन्ज । झडप भएको बाँकेको जयन्दु बालसुधार गृहमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ। प्रहरीसँगै मानवअधिकारकर्मी र पत्रकारहरुको टोली पनि त्यहा पुगेको छ।

Honor x7 pad

त्यहाको स्थिति अझै तनावग्रस्त छ। कैदीबन्दीहरुले पत्रकार र अधिकारकर्मीको टोलीसलाई देखेपछि झनै ताण्डप मच्चाएका छन्। 

गए राति त्यहा रहेका दुई पक्ष कैदीबन्दीबीच झडप हुँदा १ जनाको मृत्यु भइसकेको छ भने १० जना घाइते भएको बाँके प्रहरीले जनाएको छ।

प्राप्त सुचनाका अनुसार लागू औषध सेवन गर्ने र नगर्ने कैदीबन्दीबीच झडप भएको हो। लागू औषध सेवन गर्ने कैदीबन्दीले नगर्नेलाई हेप्ने,पिट्ने हुँदा औषध सेवन नगर्ने समूह उनीहरुमाथि जाइ लागेका हुन् ।

सोही झडपमा सुलभ केसीको मृत्यु भएको हो भने अन्य १० जनाको नेपालगन्ज अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घाइते भएका १० जना मध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ। कैदीबन्दीहरुले बाल सुधार गृहलाई पुरै तोडफोड गरेको केही बाँकि नराखेको प्रहरीले जनाएको छ। प्रहरीले स्थितिलाई शान्त बनाउन प्रयास गरिरहेको जनाइएको छ।

बालसुधार गृहमा कैदीबन्दीहरुले बन्दी गृहको गेटनै भित्रबाट लगाएकोले प्रहरी भित्र पस्न सकिरहेको छैन । अवस्था अझै तनावग्रस्त रहेपनी अहिले प्रहरीले उनीहरुलाई सम्झाउने प्रयास गरिरहेको छ। 

उनीहरुले भित्रबाट आफ्ना माग पूरा गर्नुपर्ने बताएका छन् । 

त्यहा खटिएका एक प्रहरी निरीक्षकका अनुसार उनीहरुको माग के हो भन्ने थाहा हुन नसकेको र त्यहाका अलि जान्ने बुझ्ने कैदीबन्दी आएर वार्ता गर्न प्रहरीले अनुरोध गरिरहेको जानकारी दिएका छन् ।

 

 

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १०:३७
प्रतिक्रिया दिनुहोस्