बाँकेको बालसुधार गृहमा झडप, एक जनाको मृत्यु, अवस्था तनावग्रस्त

शुक्रबार, असोज ५, २०८०
honor mob  winter sales

नेपालगन्ज । बाँकेको बालसुधार गृहमा झडप हुँदा एक जनाको मृत्यु भएको छ।

Honor x7 pad

जिल्लाको डुडुवा गाउँपालिकास्थित जयन्दु बाल सुधार गृहमा रहेका कैदीबन्दी बीच भएको झडपमा एक जनाको मृत्यु भएको बताइएको छ।

गए राति कैदीबन्दीबीच भएको झडपमा परी एक जनाको मृत्यु हुनुका साथै १० जना गम्भीर घाइते भएको बाँके प्रहरीले जानकारी दिएको छ।  रुपन्देहीस्थित कन्चन गाउँपालिका- २ का शुलभ केसीको मृत्यु भएको बताइएको छ।

बाल सुधार गृहमा भएको दुई पक्षिय झडपले रातभर तनावपूर्ण बनेको थियो। प्रहरीका अनुसार गम्भीर घाइते भएकाहरुको नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

कैदीबन्दीहरुले बाल सुधार गृहलाई पुरै तोडफोड गरेको केही बाँकि नराखेको प्रहरीले जनाएको छ। अहिले पनि झडप भइरहेको प्रहरीले जनाएको छ।

त्यहा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। मानव अधिकारकर्मीहरु पनि त्यहा पुगेको बताइएको छ।

 

 

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  ०९:०८
प्रतिक्रिया दिनुहोस्