नेपालगन्ज विमानस्थलबाट ३२ थान मोबाइलसहित ४ जना भारतीय पक्राउ

बिहीबार, असोज ४, २०८०
honor mob  winter sales

नेपालगन्ज।नेपालगन्ज विमानस्थलमा खटिएको नेपाल प्रहरीको टोलीले ९ लाख रुपैयाँ बराबरका अवैध मोबाइल बरामद गरेको छ।

Honor x7 pad

नेपालगन्जबाट बुद्द एयर मार्फत काठमाडौं जाँदै गरेका भारतको मध्यप्रदेशस्थित इन्दौरका चार जनाले झोलामा राखेर लैजादै गरेको ३२ थान स्मार्ट मोबाइल फोन बरामद गरेको जिल्ला प्रहरी बाँकेले जनाएको छ।

विमानस्थल प्रहरीले इन्दौरका अमित सोलंकी, सचिन कुकरेज, कमल बंसारी र  अमित सोलंकीको साथबाट  जनही ८ वटा मोबाइल फोन बरामद गरेको हो।

झोलामा राखेर काठमाडौं लैजाने क्रममा  विमानस्थलको सुरक्षा जाँच गर्ने  एक्सरे मेशिनबाट सबैको झोलामा मोबाइल देखिएपछी मोबाइलसहित ती चार जना भारतीय नागरिकहरुलाई नियन्त्रणमा लिइएको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार बरामद गरिएका बिना बिलका मोबाइल फोनहरुमा वन प्लस, एप्पो, रेडमी र सामसुङ कम्पनीका रहेका छन् । ती मोबाइल चोरीको भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।

बुधबार दिउँसो १ बजे बरामद गरिएका ३२ थान मोबाइल र चार भारतीयलाई आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय पठाएको जनाएको छ।

 

 

 

 

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १५:३२
प्रतिक्रिया दिनुहोस्