वानएक्सका बेटिङका प्रमुख एजेन्ट दिनेश र अनितासँग झण्डै ६५ करोड बिगो दाबी

सोमबार, असार २५, २०८०
honor mob  winter sales

काठमाडौं । वानएक्स अलालाइन बेटिङ प्रकरणमा पक्राउ परेका कलाकार सहित पक्राउ परेका ११ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर भएको छ।

Honor x7 pad

वान एक्स बेटमा सट्टेबाजी गरेर वेबसाइटको प्रचार गरेको अभियोगमा मरिचमान श्रेष्ठ( बल्छी धुर्बे) , राजु पौडेल( राजु मास्टर ) सहितका चर्चित कलाकारहरुविरुद्ध अभियोगपत्र दायर भएको हो।

यसै प्रकरणमा दिनेश खड्का, अनिता धिताल, जलन घर्तीमगर, अलिश राई, गणेश देवकोटा, बेगम नेपाली, रोशन खतिवडा, सरोज घिमिरेविरुद्ध पनि सरकारी वकिल कार्यालय काठमाडौंले आज मुद्दा दर्ता गरेको छ । यस मुद्दाका एक जनाअझै फरार छन् ।

अभियोगपत्र दायर भएकाहरु मध्ये वानएक्स बेटका प्रमुख एजेन्ट दिनेश र उनकी श्रीमती अनितासँग सरकारी वकिल कार्यालयले ६४ करोड ९४ लाख २९ हजार रुपैयाँ विगो दाबी गरिएको बताएको छ।

यस कसुरमा दफा ९५ अनुसार उनीहरुसँग विगो जफत गरेर ३ गुणासम्म जरिवाना अथवा ७ वर्षसम्म कैद वा दुबै सजाय माग दाबी गरिएको छ।

त्यस्तै कलाकार र युटुबरहरुलाई  विज्ञापन(नियमन गर्ने)  ऐन २०७६ अनुसार पनि मुद्दा चलाएको सरकारी वकिल कार्यालयले जानकारी दिएको छ। उनिहरुलाई १ वर्ष कैद र १० हजार जरिवाना गर्न सरकारी वकिल कार्यालय माग गरेको छ।

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १५:२२
प्रतिक्रिया दिनुहोस्