शिक्षकहरुको आन्दोलन आज पनि जारी

बिहीबार, असोज ४, २०८०
honor mob  winter sales

काठमाडौं ।  शिक्षकहरुको दोस्रो दिनको आन्दोलन आज पनि राजधानीमा जारी छ।

Honor x7 pad

बुधबारदेखि सुरु भएको आन्दोलनलाई आज पनि सामुदायिक स्कुल बन्द गर्दै शिक्षकहरुले आन्दोलन जारी राखेका हुन् ।

आज बिहान गृह मन्त्रालयमा शिक्षक र  सरकारसँग भएको वार्ता निष्कर्षविहीन भएपछि फेरि शिक्षकहरुले माग पूरा गराउन आन्दोलन जारी राखेका हुन् ।

नेपाल शिक्षक महासंघले विभिन्न १८ बुँदे माग राखि असहमति जनाउदै सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्ने बताउँदै आन्दोलन सुरु गरेको हो।

शिक्षा विधेयकको विरोधमा देशभरबाट आएका शिक्षकहरु नेपाल शिक्षक महासंघको नेतृत्वमा सरकारद्वारा दर्ता गरिएको शिक्षा विधेयकको विरोधमा आन्दोलनका लागि हजारौं शिक्षकहरु काठमाडौँ आएका हुन् ।

 

 

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १२:३९
प्रतिक्रिया दिनुहोस्