२८ दिनदेखि बैतडीबाट बेपत्ता भएका शिक्षक अझै फेला परेनन्

बुधबार, असोज ३, २०८०
honor mob  winter sales

बैतडी । २८ दिनदेखि बैतडीका एक जना शिक्षक  बेपत्ता भएका छन्। जिल्लाको डिलासैनी गाउँपालिका-२ गोगनीका ५२ वर्षीय शिक्षक जयबहादुर गडाल बेपत्ता भएका हुन् ।

Honor x7 pad

जिल्ला प्रहरी बैतडीले शिक्षक गडाल गत भदौ ५ गतेदेखि हालसम्म बेपत्ता भएर फेला नपरेको जनाएको छ।

आफ्नै गाउँपालिकाको लटिनाथ आधारभूत विद्यालयका शिक्षक गडाल त्यस दिन साँझ स्कुलबाट निस्किएर घर नपुगेपछि  परिवारले भदौ ६ गते   निवेदन दिएको प्रहरीले जानकारी दिएको छ। 

प्रहरीले उनको खोजतलास गर्नेक्रममा  गन्नागाड खोला झर्ने भीरको बाटोबाट शिक्षकको छाता, टोपी, मोबाइल, चप्पल भेटाएको जनाएको छ।

उनी तल झर्ने क्रममा त्यही भीरबाट खसेका हुन् कि भन्ने प्रहरीले आशंका गरेको छ। ती सामाग्री फेला परे पनि केही भन्न नसकिने हुँदा उनको खोज तलास जारी रहेको बैतडी प्रहरीले जानकारी दिएको छ।

 

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १८:३६
प्रतिक्रिया दिनुहोस्