काठमाडौं उपत्यकामा सुरु भयो द्रुत बस सेवा

बुधबार, असोज ३, २०८०
honor २२ sept

काठमाडौं । आजदेखि काठमाडौं उपत्यकामा द्रुत बस सन्चालनमा आएको छ।

X7D

काठमाडौँको रत्नपार्कदेखि भक्तपुरको सूर्य विनायकसम्म सन्चालन हुने  द्रुत बसको रत्नपार्कस्थित शान्तिबाटिकामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले आज बिहान उद्घाटन गरेका हुन् ।

आजदेखि सन्चलानमा आएपनि सर्वसाधारणले भोलिबाट मात्रै यात्रा गर्न पाउने छन् । द्रुत बस सेवाको उदघाटनसँगै मन्त्री ज्वाला ,बागमती प्रदेशका यातायातमन्त्री लक्ष्मण लम्साल, काठमाडौं महानगरपालिका मेयर बालेन शाह लगायत मध्यपुर थिमि र सूर्यविनायक नगरपालिकाका मेयरहरु चढेर यात्रा गरेका थिए।

उक्त द्रुत बस सञ्चालन हुने रत्नपार्कदेखि भक्तपुरको सूर्य विनायकसम्म सडकमा डेडिकेटेड लेन छुटाइएको छ ।

 

 

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  ११:५५
प्रतिक्रिया दिनुहोस्