आज ऋषि पञ्चमी मनाइँदै

मंगलबार, असोज २, २०८०
honor mob  winter sales

काठमाडौं । आज  ऋषि पञ्चमी पर्व  नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्।

Honor x7 pad

प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा ऋषि पञ्चमी पर्व मनाइन्छ । आज बिहान १० बजेर ४९ मिनेटमा चतुर्थी तिथि सकिएर पञ्चमी तिथि सुरु हुने भएकाले ऋषी पञ्चमीका व्रतालुले सप्तऋषिको पूजा गर्नुपर्ने धार्मिक विश्वास छ।

यो पर्वमा महिलाहरुले बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् ।

स्नानपछि अरुन्धती, अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्र ऋषिको पूजा गरिन्छ ।

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  ०८:५४
प्रतिक्रिया दिनुहोस्