पशुपतिनाथका चारै ढोका खुला, दर्शनार्थीको घुइँचो

सोमबार, असोज १, २०८०
honor mob  winter sales

काठमाडौं । पशुपतिनाथ मन्दिरना हरितालिका तीज पर्वका अवसरमा  चारै वटा ढोका खुला गरिएको छ । तीज पर्वमा पशुपतिनाथ मन्दिर आउने भक्तजनका लागि बिहान ३ बजे नै मन्दिरको चारै वटा ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोषका संस्कृति संरक्षण  महाशाखा प्रमुख एवं  सूचना अधिकारी गौरीशङ्कर पराजुलीले जानकारी दिए।

Honor x7 pad

पशुपतिनाथ मन्दिर आउने भक्तजनका लागि चार वटा  लामको व्यवस्था गरिएको छ ।  पशुपतिनाथ नित्य दर्शनार्थीलाई कोषले ६ बजे अगाडि नै दर्शन गराइएको थियो । बिहान ६ बजेपछि भने महिला बर्तालुलाई मात्र पशुपतिनाथ मूल मन्दिरमा प्रवेश दिइएको कोषले जनाएको छ ।

पशुपति क्षेत्रमा चार वटै सुरक्षा निकायका समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको छ  बिहानी समयमा भक्तजन लाममा बसेको आधा घण्टामा दर्शन गरी फर्किएका छन् । पशुपति क्षेत्रमा स्वास्थ्य शिविर, निःशुल्क पानी वितरण, खोजतलास केन्द्रलगायत सेवाको पनि व्यवस्था गरिएको छ ।

देशभरका  शिवालयमा भक्तजनको घुइँचो लागेको छ ।आज काठमाडौँ उपत्यकाका गोकर्णेश्वर, डोलेश्वर, नागेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ मन्दिर भनेर चिनिने मखन महादेव मन्दिर क्षेत्रलगायत साना–ठूला शिवालयमा भक्तजनको भीड लागेको छ ।

प्रकाशित मिति: सोमबार, असोज १, २०८०  ०८:३३
प्रतिक्रिया दिनुहोस्