पशुपतिमा तिज सुरक्षाका लागि करिब ३ हजार प्रहरी परिचालन

आइतबार, भदौ ३१, २०८०
honor mob  winter sales

काठमाडौं । पशुपतिनाथ मन्दिरमा हरितालिका तिजको सुरक्षा व्यवस्थापन चुस्त बनाउन कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएका छन् ।

Honor x7 pad

प्रहरी प्रधान कार्यालय नक्सालले हरितालिका तिजमा पशुपतिमा भोलिका लागि २ हजार ९६६ जना प्रहरी परिचालन भएका छन् ।  

प्रहरी प्रधान कार्यालयका अनुसार पशुपति सुरक्षाका लागि ६३० जना महिला प्रहरी र  प्रति सिफ्टमा १ हजार ४८३ जना प्रहरी खटिने भएका छन् ।

पशुपतिनाथको तिज सुरक्षाको एसएसपी हिमालय कुमार श्रेष्ठको कमान्डमा  पैदल गस्ती, मोबाइल गस्ती, कर्डन, सादा पोसाक, पिकेटिङ, स्ट्राइकिङ, रिजर्भ, सिसिटिभी, वाकथ्रु गेट, ड्रोनबाट निगरानी, ट्राफिक व्यवस्थापन, विपद् व्यवस्थापन लगायतका माध्यमद्वारा तिज पर्वमा प्रभावकारी सुरक्षा व्यवस्था गरिएको छ। 

पशुपतिको सुरक्षाका लागि ठुलो संख्यामा सशस्त्र प्रहरी समेत परिचालन गरिएको छ। प्रहरी प्रधान कार्यालयले तीजमा सभ्य रुपले मनाउन आग्रह गर्दै आपतकालीन अवस्थामा नजिक रहेका प्रहरीलाई जानकारी गराउन तथा १०० नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ।

 

 

 

 

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  २०:३३
प्रतिक्रिया दिनुहोस्