भारत बन्यो एसिया कप च्याम्पियन

आइतबार, भदौ ३१, २०८०
honor mob  winter sales

काठमाडौं । भारत १६ औं एसिया कप क्रिकेट च्याम्पियन बनेको छ। श्रीलंकालाई  १० विकेटले पराजित गर्दै भारतले एसिया कपको उपाधि जितेको हो।

Honor x7 pad

श्रीलंकाको कोलम्बोमा टस जितेर पहिलो ब्याटिङ गरेको श्रीलंकाले  दिएको ५१ रनको लक्ष्यलाई भारतले   ६.१   ओभरमा ५१ रन बनाउँदै भारतले १६ एसिया कपको उपाधि जितेको हो।

भारतका लागि ओपनर सुभम गिलले १९ बलमा २७    र  इशान किसनले १८ मा २३  रन बनाए। श्रीलंकाका कुनै बलर भारतविरुद्द विकेट लिन सकेनन् ।

इतिहासमै खराब ब्याटिङ गर्दै१५.२ ओभरमा ५० रन बनाएको श्रीलंकाका लागि कुशल मेन्डिजले सर्वाधिक   ३४ बलमा १७ रन बनाएका छन्  भने दुसन हेमन्तले १३ रन बनाए। अरु कसैले दोहोरो अंक नै बनाउन सकेनन् ।

भारतका बलर मोहम्मद सिराजले ७ ओभरमा २१ रन दिदै ६ विकेट र हार्दिक पाण्डेयाले ३ र  जसप्रीत बुम्राहले १ विकेट लिएका छन् ।

यो एसिया कपसँगै  भारतले ८  पटक उपाधि जित्न सफल भएको छ।

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १८:२१
प्रतिक्रिया दिनुहोस्