एसिया कप फाइनल: श्रीलंकाको इतिहासकै खराब ब्याटिङ, भारतले पायो ५१ रनको लक्ष्य

आइतबार, भदौ ३१, २०८०
honor mob  winter sales

काठमाडौं । १६ औं एसिया कप क्रिकेटको फाइनल  उपाधिका लागि भारतविरुद्द पहिलो ब्याटिङ  श्रीलंकाले इतिहासकै खराब ब्याटिङ गरेको छ।

Honor x7 pad

श्रीलंकाले भारतलाई ५१ रनको सामान्य लक्ष्य दिएको छ।

श्रीलंकाले १५.२ ओभरमा सबै विकेट गुमाउँदै ५० रन बनाएको छ।  श्रीलंकाका   कुशल मेन्डिजले सर्वाधिक   ३४ बलमा १६ रन बनाएका छन्  भने दुसन हेमन्तले १३ रन बनाए। अरु कसैले दोहोरो अंक नै बनाउन सकेनन् ।

भारतका बलर मोहम्मद  सिराजले ७ ओभरमा २१ रन दिदै ६ विकेट र हार्दिक पाण्डेयाले ३ र  जसप्रीत बुम्राहले १ विकेट लिएका छन् । १३ रनमै ६ विकेट गुमाएको श्रीलंकाका मेन्डिजले खेललाई केही हदसम्म अगाडि लगेका थिए।

यो फाइनलसहित दुवै टिम ८ पटक एसिया कपको उपाधिका लागि फाइनलमा भिडेका छन् । यसअघि भएका ७ आपसी भिडन्तमा भारतले ४ तथा श्रीलंकाले ३ पटक उपाधि जितिसकेका छन् ।

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १७:३१
प्रतिक्रिया दिनुहोस्