फोर्स गाडीले अटोलाई ठक्कर दिदा एक बालकको मृत्यु, ६ जना घाइते

आइतबार, भदौ ३१, २०८०
honor mob  winter sales

दाङ । दाङको तुलसीपुरमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् ।

Honor x7 pad

तुलसीपुर-६ स्थित स्टार चोकमा आज बिहान सवा ९ बजे नेपालगन्जबाट रुकुम जाँदै गरेको लु २ ख ५९१८ नम्बरको फोर्स गाडीले तुलसीपुर- १६ डोक्रेनाबाट तुलसीपुर जाँदै  गरेको रा १ ह ४४५ नम्बरको  अटोरिक्सालाई ठक्कर दिँदा १३ वर्षीय बालक दामोदर भण्डारीको मृत्यु भएको तुलसीपुर प्रहरीले जानकारी दिएको छ।

ठक्करबाट गम्भीर घाइते भएका तुलसीपुर-१६ का  बालक भण्डारीको उपचारका क्रममा तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइते हुनेहरुमा तुलसीपुर-६ का अटो चालक ५७ बर्षीय तिलबहादुर कार्की , अटोमा सवार तुलसीपुर -१६ डोक्रेनाका ११ बर्षीया बर्षा बस्नेत, उनकी ६ बर्षीया बहिनी श्रृष्टी बस्नेत, सोही ठाउँका १८ बर्षीया अन्जु डाँगी घाइते भएका छन्। अन्य दुइको अवस्था भने सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।

गम्भीर घाइते भ्सेका अटो चालक कार्कीलाई थप उपचारका लागि कोहलपुर पठाइएको प्रहरीले जानकारी दिएको छ।

अटोलाई  ठक्कर दिने बित्तिकै फरार भएका गाडी चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिसकेको प्रहरीले जनाएको छ। 

 

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १४:४१
प्रतिक्रिया दिनुहोस्