आज देशभरका अस्पतालमा ईमर्जेन्सी बाहेक सबै उपचार सेवा बन्द

आइतबार, भदौ ३१, २०८०
Honor 600 pro

काठमाडौं । चिकित्सकमाथि कुटपिटको घटनालाई लिएर नेपाल चिकित्सक संघले आज देशभरका अस्पतालका ईमर्जेन्सी  बाहेक सबै उपचार सेवा बन्द गर्ने भएको छ।

हेटौँडामा रहेको सञ्चो अस्पतालका डाक्टरद्वय  विकास थापा र प्रशान्त बिराडीमाथि भदौ २७ गते  अस्पतालमै भएको कुटपिट घटनालाई लिएर संघले  एक विज्ञप्ति जारी गर्दै आज देशभर ईमर्जेन्सी बाहेक सबै सेवा बन्द गर्ने घोषणा गरेको हो।

संघले आफ्ना मागहरु पूरा नभएको र आक्रमणकारीहरुलाई अझै कारबाही नभएको  भन्दै आज ईमर्जेन्सी बाहेक सम्पुर्ण उपचार सेवा ठप्प पार्नु परेको जनाएको हो।

यस्तो छ संघले जारी गरेको विज्ञप्ति-

 

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  ०८:०२
प्रतिक्रिया दिनुहोस्