जग्गाको विषयले विवाद हुँदा देवरले गरे भाउजूको हत्या

सोमबार, असार २५, २०८०
honor mob  winter sales

नवलपरासी (पश्चिम )।  आफ्नै देवरले भाउजूको हत्या गरेको आरोपमा प्रहरीले नवलपरासी पश्चिमबाट एक जनालाई पक्राउ गरेको छ। 

Honor x7 pad

प्रहरीले रामग्राम -१० मंझरियाकी २५ वर्षीया भाउजू मिरा चौधरीको हत्या आरोपमा २७ वर्षीय देवर चन्दन चौधरीलाई गए राति पक्राउ गरेको नवलपरासी पश्चिमका प्रहरी प्रमुख एसपी काजी कुमार आचार्यले जानकारी दिएका छन् ।

एसपी आचार्यका अनुसार देवर र भाउजूबीच जग्गाको विषयमा विवाद भएर  झगडा हुँदा देवर चन्दनले  मोटरसाइकलको शकरले भाउजूको  टाउकोमा हिर्काएका थिए । 

टाउकोमा चोट लागेर गम्भीर घाइते भएकी मिराको उपचारकोमेडिकल कलेज भैरहवा रूपन्देहीमा उपचारको मृत्यु भएको एसपी आचार्यले जानकारी दिएका छन् ।

प्रहरीले पक्राउ परेका चन्दनसँग घटना बारेमा थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १२:११
प्रतिक्रिया दिनुहोस्