दुई बालिकाको पोखरीमा डुबेर मृत्यु

शनिबार, भदौ ३०, २०८०
Honor 600 pro

विराटनगर । मोरङमा दुई बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ।

जिल्लाको  ग्रामथान गाउँपालिका- २ स्थित माछा पोखरीमा डुबेर १२ वर्षकी समीक्षा माझी र १० वर्षकी रेजिना खवासको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ।

स्थानीयहरुले पोखरीमा डुबेको अवस्थामा आज फेला पारेका दुई बालिकाहरुको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। 

प्रहरीले घटना बारे अनुसन्धान सुरु गरेको जनाएको छ।

 

 

 

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  १६:३०
प्रतिक्रिया दिनुहोस्