आगलागीमा परेर आमा-छोरीको मृत्यु

शनिबार, भदौ ३०, २०८०
Honor 600 pro

सल्यान ।  घरमा सुतिरहेको अवस्थामा आगलागी हुँदा सल्यानमा आमा-छोरीको मृत्यु भएको छ ।

सल्यान प्रहरीका अनुसार मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका-२ धामिढुंगाकी ३२ वर्षीया रेवती थापा र उनकी ९ महिने छोरी ऋतु थापाको हुन्  ।

आफ्नै घरमा सुतेको अवस्थामा गए राति आगो लाग्दा आमाछोरीको मृत्यु भएको सल्यान प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीहरुको शव जलेको अवस्थामा आज बिहान फेला परेको उनले बताए। आगलागीको कारण अझै खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ। 

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  ०९:५३
प्रतिक्रिया दिनुहोस्