स्वास्थ्य मन्त्रालयले बिर्सिएको कोरोना कहरका हिरो सुलभ सम्मानित

शुक्रबार, भदौ २९, २०८०
honor mob  winter sales

नेपालगन्ज । कोरोना कहरका हिरो सुलभ आचार्यलाई स्वास्थ्य कार्यालय बर्दियाले  सम्मान गरेको छ। 

Honor x7 pad

स्वास्थ्य मन्त्रालयले बिर्सेका भाइरोलोजिष्ट सुलभ आचार्यलाई बर्दियाले सम्मान गरेको हो।

आचार्यसँगै प्याथोलोजिष्ट डा. प्रज्ञा गौतम घिमिरेलाई पनि स्वास्थ्य कार्यालय बर्दियाले सम्मान गरेको हो।

कार्यालयले आफ्नो वार्षिक समिक्षा गोष्ठीमा थोपा प्रयोगशाला नेपालगन्जका प्रमुख कार्यकारी अधिकृत समेत रहेका भएका भाइरोलोजिष्ट आचार्य र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका सह-प्राध्यापक डा.घिमिरेलाई प्रमाणपत्र र खादाले सम्मान गरेको हो ।

कोरोना कहरको हिरो, सिकलसेल एनिमिया र थालेसेमिया रोगको परिक्षण, निदान, उपचार व्यवस्थापन तथा परामर्श कार्यमा योगदान पुर्‍याएको भन्दै आचार्य र घिमिरेलाई सम्मान गरिएको हो ।

बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसाल, जिल्ला समन्वय समिति प्रमुख सूर्य बहादुर बिष्ट र स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले उनीहरुलाई सम्मानित गरेका हुन् ।

 

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  २०:३९
प्रतिक्रिया दिनुहोस्