अवैध उत्खनन रोक्न गस्ती सुरु

शुक्रबार, भदौ २९, २०८०
honor mob  winter sales

काठमाडौं । अवैधरुपमा हुने नदीजन्य पदार्थ उत्खननको रोकथामका लागि गस्ती सुरु भएको छ। 

Honor x7 pad

कञ्चनपुरको चुरे क्षेत्रबाट अवैधरूपमा हुने नदीजन्य पदार्थको उत्खननको कार्य रोकथाम गर्न शुक्लाफाँटा नगरपालिका-८ स्थित बैजनाथ सामुदायिक वनका पदाधिकारी नदीजन्य पदार्थको अवैध उत्खनन रोक्नका लागि सक्रिय भएर गस्ती गर्न सुरु गरेका छन् ।

सामुदायिक वन नजिक रहेका नदी, खहरे खोलालगायतका क्षेत्रबाट अवैधरूपमा लुकीछिपी ढुङ्गा, बालुवा, गिट्टीलगायत उत्खनन गरी ढुवानी भइरहेको सूचना प्राप्त भएकाले नियन्त्रणका लागि गस्ती सुरु गरिएको सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महराले जानकारी दिएका छन्  ।

त्यहा बिहानैदेखि  अबेर रातिसम्म अवैध उत्खनन रोक्नका लागि पालो मिलाएर गस्तीमा खटिएको अध्यक्ष महाराले  भने । 

त्यस्तै सामुदायिक बन नजिकका वनहरा, अनौखी, गौडी खोलालगायतका क्षेत्रमा नदीजन्य पदार्थको अवैध उत्खनन भएको पाइए पनि तस्करी गर्नेहरु फेला नपरेकाले खोजीकार्य भइरहेको सामुदायिक बनले जनाएको छ । 

अवैध उत्खनन हुँदा बर्सेनि बाढीको समस्या बल्झिँदै आएको र  नदी, खोला साविकको क्षेत्रमा बग्न छाडेर धार परिवर्तन गरी बस्तीतर्फ सोझिन थालेका छन् ।

चुरे फेदीका बेलडाँडी, पिल्लरीलगायतका बस्तीका बासिन्दाले केही वर्षयतादेखि बाढीको समस्या झेल्दै आएको सामुदायिक वनका पदाधिकारी विमला चौधरीले बताए । 

“वैज्ञानिक तरिकाले चुरे क्षेत्र नजिकका नदी, खोलाबाट ढुङ्गा, बालुवा, गिट्टी झिक्ने कार्य गरे समस्या हुँदैन, त्यस्तो अहिलेसम्म हुनसकेको छैन”, अध्यक्ष महराले  भने, “अन्धाधुन्धरूपमा नदीजन्य पदार्थ झिकिँदा स्थानीय बासिन्दाले निकै सास्ती खेप्दै आएका छन् ।” 

अवैध उत्खनन रोक्न सबडिभिजन वन कार्यालय, प्रहरी र नगरपालिकासँग समन्वय गरी अवैध उत्खनन रोक्नका लागि प्रयास थालिएको महराले बताए। 

 

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १२:०७
प्रतिक्रिया दिनुहोस्