दाङमा आफ्नै बुवाको हत्या आरोपमा छोरा पक्राउ

शुक्रबार, भदौ २९, २०८०
honor mob  winter sales

घोराही (दाङ )। दाङको घोराहीमा आफ्नै बाबुको कुटपिट गरेर हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् ।

Honor x7 pad

जिल्ला प्रहरी कार्यालय दाङले घोराह- ५ दलजितपुरका ५१ वर्षीय प्रेमबहादुर केसीको हत्या गरेको आरोपमा २८ वर्षीय छोरा सन्तोष केसीलाई पक्राउ गरेको हो।

सन्तोषले आफ्नै बुवालाई हिजो बाबुको मुख हेर्ने दिन  राति ९ बजेतिर कुटपिट गरेका थिए। छोराको कुटाइबाट गम्भीर घाइते भएका प्रेमबहादुरको उपचारका क्रममा  आज बिहान ३ बजे नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्युु भएको प्रहरीले जानएको छ।

प्रहरीका अनुसार यसअघि पनि पक्राउ परेका सन्तोषले बुवालाई मदिरा सेवन गरी पटकपटक  कुटपिट गर्दै आएका थिए। 

गए राति नै पक्राउ परेका सन्तोषसँग प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको दाङ प्रहरीले जानकारी दिएको छ।

 

 

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  ११:४४
प्रतिक्रिया दिनुहोस्