हेटौंडाका सबै स्वास्थ्य संस्था ठप्प, ७९ जना डाक्टरले बुझाए सामुहिक राजिनामा

शुक्रबार, भदौ २९, २०८०
honor mob  winter sales

हेटौंडा । उपचार गर्ने चिकित्सकहरुले आफ्नो सुरक्षा नभएको र काम गर्ने बाताबरण नभएको भन्दै हेटौंडाका ७९ जना चिकित्सकहरुले सामुहिक राजिनामा बुझाएका छन् ।

Honor x7 pad

हेटौंडाको सञ्चो अस्पतालका डाक्टरद्वय  विकास थापा र प्रशान्त बिराडीमाथि भएको कुटपिटको घटनालाई लिदैं सबै चिकित्सकहरु सुरक्षित नभएको भन्दै हेटौँडा अस्पतालका ७९ चिकित्सकहरूले सामूहिक राजीनामा दिएका  छन् ।

हेटौँडा अस्पताल विशेषज्ञ डाक्टर तथा मेडिकल अधिकृतहरूले सामूहिक रूपमा राजीनामा पत्र तयार पार्दै  कुटपिट घटनामा संलग्नलाई कारबाही माग गर्दै सामूहिक राजीनामा पत्रमा हस्ताक्षर गरी हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटा बुझाएका हुन् ।

त्यस्तै आज हेटौंडाका सबै स्वास्थ्य संस्थाले ईमर्जेन्सी बाहेकका सबै सेवाहरू बन्द गरेका छन्। डाक्टरलाई कुटपिट गरेको विरोध र  घटनाका दोषीलाई कारबाहीको माग गर्दै हेटौँडाका सरकारी तथा निजी स्वास्थ्य संस्थाका ईमर्जेन्सी बाहेकका सबै सेवा बन्द गरिएको हो ।

सुरक्षा नभएको तथा यथास्थीतिमा उपचार सेवा दिन नसक्ने भन्दै हेटौँडाका डाक्टरहरुले ईमर्जेन्सी  बाहेक सबै सेवा बन्द गराएको जनाइएको छ । 

यता हेटौँडाका दुई डाक्टरमाथि अस्पतालमै कुटपिट गर्ने ४ जनालाई मकवानपुर प्रहरीले बिहीबार नै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

हेटौँडामा रहेको सञ्चो अस्पतालका डाक्टरद्वय  विकास थापा र प्रशान्त बिराडीमाथि भदौ २७ गते  अस्पतालको एचडीयू वार्डमा बिरामीको उपचार गरिरहेको समयमा कुटपिट भएको थियो।

उक्त घटनाको मकवानपुरका स्वास्थ्य क्षेत्रबाट व्यापक विरोध र आन्दोलन गर्ने भएपछि बिहीबार प्रहरीले कुटपिटमा संलग्न ४ जनालाई पक्राउ गरेको हो ।

 

 

 

 

 

 

 

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १०:५०
प्रतिक्रिया दिनुहोस्